भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि


१२ माघ २०७८, बुधबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो ।

कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ । त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । जबकि अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस