भक्तपुरको चाँगुनारायणमा पूर्व सैनिक बस्नेत मृत अवस्थामा « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

भक्तपुरको चाँगुनारायणमा पूर्व सैनिक बस्नेत मृत अवस्थामा


९ माघ २०७८, आइतबार


काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोटमा पूर्व सैनिक मोहन बस्नेत मृत अवस्थामा भेटिएका छन् ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका घर भई दुवाकोटमा बस्ने ३५ वर्षीय बस्नेत आइतबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बस्नेत आफू बस्दै आएको टहरामा फलामको पाइपमा नाम्लोको पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बस्नेतले केही महिनाअघि सेनाबाट अवकाश पाएका थिए । २०५९ मा सेनामा भर्ना भएका उनले युद्धमा खुट्टा गुमाएका थिए । उनका परिवार भक्तपुरमा तरकारी खेती गर्छन् ।

उनको शव पोष्टमार्टमका लागी अस्पतालमा लगिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस