प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


४ माघ २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृतमध्ये २२ प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिसँगै जिम्मेवारी थपिएको भन्दै इमानदार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गरे । उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

समाजमा हुनसक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्त्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमानदारीसाथ खटिने प्रतिबद्धता व्यक्त गरिन् ।

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस