मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मूर्ति चोरी गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ


२० पुस २०७८, मंगलबार


पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले ऐतिहासिक मूर्ति चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका घर भइ सामाखुशी बस्‍दै आएका २३ वर्षीय नेशनल योञ्जन र ललितपुर महानगरपालिका-२० नस्टोल बस्‍ने २४ वर्षीय सानुलाल महर्जन रहेका छन् ।

उनीहरुले मंसिर २७ गते रातको समयमा ललितपुर महानगर-१२ टंगालस्थित रहेको तंगहिटी ढुंगेधाराबाट नारायणको मूर्ति र पुस १५ गते रातिको समयमा गोदावरी नगरपालिका-३ टौखेलस्थित पञ्चयिन मन्दिरबाट ढुंगामा कुँदिएको बुद्धको मूर्ति चोरी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस