इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन


१ भाद्र २०७८, मंगलबार


काठमाडौँ । गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाडौँमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार बिहान आयोजित एक कार्यक्रमबिच आइएमई कम्प्लेक्स परिसर पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झन्डोत्तोलन गरेका हुन् । सो अवसरमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।

कार्यक्रममा अवैतनिक वाणिज्य दूत ढकालले नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।

ढकालले दुई देशबिचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमाअझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबिच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ । नेपाल र इन्डोनेसियाबिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ । दुई देशबिच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा धेरै सम्भावनाहरू रहेका छन् ।

झन्डोत्तोलन कार्यक्रममा वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस