देउवाले डाके मन्त्रिपरिषद् बैठक, तीन जना सचिवमा बढुवा हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देउवाले डाके मन्त्रिपरिषद् बैठक, तीन जना सचिवमा बढुवा हुँदै


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

आज दिउँसो ४ बजे सिंहदरवारमा बस्न लागेको बैठकले प्रशासन सेवाका दुई र स्वास्थ्य सेवाका एक गरी तीन जनालाई सचिवमा बढुवा गर्नेसँगै अन्य केही महत्त्वपूर्ण निर्णय गर्नेछ ।

आज बढुवा हुने सचिवहरूमा ज्येष्ठताबाट वरिष्ठ सहसचिव किरण राज शर्मा रहेका छन् भने कार्यसम्पादन मूल्याङ्कनबाट सिफारिस सहसचिवत्रय रामप्रसाद घिमिरे, हरि प्रसाद मैनाली र डिल्लीराज शर्मामध्ये एक जना सचिव हुनेछन् ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

त्यसैगरी आइतबार स्वास्थ्य सचिवका लागि सिफारिस तीनजनामध्ये एक जना सचिव हुनेछन् ।

सम्बन्धित समाचार : स्वास्थ्य सचिवका लागि १२ औँ तहका तीन वरिष्ठ सहसचिवको नाम सिफारिस 

Tags :
प्रतिक्रिया दिनुहोस