मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण


३० जेष्ठ २०७८, आइतबार


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो ।

नगरप्रमुख छत्रराज पौडेलले मकै कृषकलाई आधुनिक कृषि औजार प्रदान गरेका हुन् । नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागत रहने गरी खरिद गरिएका सामग्री कृषकलाई हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष तिलक कँडेलले जानकारी दिए । कँडेलका अनुसार मकै गोड्ने र धान काट्ने औजार २० जनालाई, मकै पिस्ने औजार १५ जनालाई र इलेक्ट्रिक स्पेयर १०० जनालाई वितरण गरिएको छ । किसानको हित र कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी सहकारीले सात बोरिङलाई आवश्यक पर्ने एक हजार ४०० मिटर पाइप, बीउ र मल पनि उपलब्ध गराएको कँडेलले बताए ।

नगरप्रमुख पौडेलले नगरपालिकाभित्रका व्यक्ति कृषि कर्म गर्छु भनेर नगरपालिकामा कार्ययोजना लिएर आएको खण्डमा आवश्यक सहयोग गर्न तयार रहेको बताए । गैँडाकोटका अधिकांश व्यक्ति कृषि पेशामा संलग्न भए पनि नगरपालिकाबाट प्रदान गरिने अनुदानवापतको कृषि कार्यक्रममा सम्झौता गर्न आउनेको सङ्ख्या भने न्यून रहेको पौडेलले जानकारी दिए।

नगरपालिकासँग कृषिसम्बन्धी बजेट भए पनि खर्च गर्ने ठाउँ नभएको भन्दै नगरप्रमुख पौडेलले मेहनत गर्ने जोकोहीलाई पनि प्रक्रियामा रहेर पूर्ण सहयोग गर्ने बताए । गैँडाकोट धान, मकै, च्याउ आदिमा आत्मनिर्भर रहेको जनाउँदै उहाँले स्थानीय तहसँगै सङ्घ र प्रदेश सरकारबाट कृषिमा पर्याप्त सम्बोधन भएको जानकारी दिए।

नगरपालिकाको मकै उत्पादन तथा प्रवद्र्धन कार्यक्रमका लागि सहकारीसँग रु ३५ लाख ८८ हजारको सम्झौता गरेर कृषकलाई कृषि औजार प्रदान गरिएको कृषि शाखा प्रमुख राजु शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस