‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले जिते कोरोना


२६ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय प्राप्त गरेका छन् ।

नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ।

सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मूबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौँ प्रवेश गरेका थिए । उनीहरूले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।

त्यसबेला काठमाडौँ आएका उनलाई तत्कालीन राजा महेन्द्रले यहीँ बस्न आग्रह गरे । राजा महेन्द्रले सिंह बाबुछोरालाई आफूसँगै ल्याएको ट्रक यहीँ चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्दत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।

उनीहरूको मद्दतबाटै काठमाण्डौमा शिख समुदायको प्रवेश बढी ठुलो सङ्ख्या भएको सो पुस्तकमा उल्लेख छ ।

नेपालका शिख समुदायका प्रेरणाका स्रोत तथा ट्रान्सपोर्ट पायोनियर ८७ वर्षीय प्रितम सिंह कोरोना सङ्क्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत थिए । २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस