भपु नपा राहत कोषमा चार करोड ६० लाख जम्मा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भपु नपा राहत कोषमा चार करोड ६० लाख जम्मा


२१ जेष्ठ २०७८, शुक्रबार


मध्यपुरथिमि । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न प्रकोप व्यवस्थापन कोषमा जनस्तरबाट रु चार करोड ६० लाख ४५ हजार बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ ।

युनिटमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक तथा भौतिक सहयोग गर्न नगरपालिकाले आह्वान गरेपछि विभिन्न सहकारी संस्था, संघसंस्था र दाताबाट उक्त रकम जम्मा भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाको कोषमा यही जेठ ५ गतेदेखि रकम जम्मा हुँदै आएको छ । अहिलेको विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरीदमा आर्थिक, भौतिक तथा नैतिक सहयोग विभिन्न संघसंस्था, विद्यालय, कलेज, उद्योगीव्यवसायी तथा जनताले गरेका छन् ।

कोभिड–१९ कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युनिटमा आइसोलेशन केन्द्र र एचडियु सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस