जेठ ३१ गतेसम्म कञ्चनपुरमा थप निषेधाज्ञा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

जेठ ३१ गतेसम्म कञ्चनपुरमा थप निषेधाज्ञा


२० जेष्ठ २०७८, बिहिबार


धनगढी । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञाको अवधि थप गर्ने आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा अवधिमा अहिलेको जस्तै अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा भने हप्तामा दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस