बिहिबार उपत्‍यकामा थपिए २,०५७ जना संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिहिबार उपत्‍यकामा थपिए २,०५७ जना संक्रमित


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ७५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस