मेलम्चीको पानी करिब दुई महिना नआउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेलम्चीको पानी करिब दुई महिना नआउने


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । आगामी असार १ गतेदेखि मेलम्चीबाट करिब २ महिना काठमाडौँमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो ।

असार १ गतेदेखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्ने छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यसकाे अवस्थाबारे अध्ययन गर्नेछन् । अब करिब २ महिना मेलम्चीको पानी काठमाडौँ नआउने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस