उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, किराना पसल विहान ९ बजेसम्म खुल्ने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपत्यकामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा, किराना पसल विहान ९ बजेसम्म खुल्ने


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २१ गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गरिएको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जेठ १४ गतेदेखि किराना पसलहरु बन्द गरिएको थियो । अब भने विहान ९ बजेसम्म किराना पसल खुला गर्ने निर्णय गरिएको छ ।

यसपटक निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस