रौतहटका थप ५ संक्रमितको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रौतहटका थप ५ संक्रमितको मृत्यु


१७ जेष्ठ २०७८, सोमबार


रौतहट । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ ।

गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्गाभगवती गाँउपालिका–३ का ५५ वर्षीय पुरुषको काठमाडौँ र मौलापुर नगरपालिका–६ का ४१ वर्षीय पुरुषको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस