भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैनः प्रधानमन्त्री ओली « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

भोट आकर्षित गर्ने घटिया काम सरकारले गर्दैनः प्रधानमन्त्री ओली


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने बताएका छन् ।

लोक रिझाउने बजेट ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका बेला ओलीले भने त्यसको खण्डन गरेका हुन् ।

पार्टीसम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको सेवा होइन, भोट आकर्षित गर्ने घटिया काम गर्दैनौं । त्यस्ता घटिया काम सरकारले गर्दैन ।’

कुन पार्टीले जित्छ कि जित्दैन भन्ने सरकारको प्राथमिकता नभएको ओलीले बताए । ओलीले भने, ‘एउटा चुनाव जितित्छ कि हारिन्छ भनेर होइन लोकतन्त्र जित्छ र हार्छ भनेर हेर्छ । लोकतन्त्र जिताउन चाहन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस