२४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि, ११६ जनाको मृत्यु


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६०८० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगैकोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस