‘राजनीतिक दलबीच सहकार्य हुन नसक्दा चुनौती थपिएको छ’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘राजनीतिक दलबीच सहकार्य हुन नसक्दा चुनौती थपिएको छ’


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताको शासन स्थापित गर्न योगदान पुर्याएका राजनीतिक दलबीच सहकार्य हुन नसक्दा केही चुनौती थपिएको बताएका छन् । गण्तन्त्र दिवसमा शुभकामना सन्देश दिँदै अधयक्ष तिमिल्सिनाले कोरोना महामारीले व्इवधान सिर्जना गरेको अवस्थामा राजनीतिक दलहरुमा सहकार्य हुन नसक्दा थप चुनौती थपिएको बताए ।

यस्तै उनले जनता कोरोना महामारीसँग लडिरहेको अवस्थामा देशका जिम्मेवार राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमा केन्द्रित हुन नहुने औंल्याएका छन् ।

‘मुलुकले अंगिकार गरेको शासन व्यवस्थाको कार्यान्वयनस्वरुप भएको पहिलो निर्वाचनमार्फत निर्वाचित तीन तहको सरकारमार्फत देश समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय लक्ष्यसहित अगाडि बढिरहेको छ,’ उनले सन्देशमा भनेका छन्, ‘यो राष्ट्रिय लक्ष्य हासिल गर्न प्रयासरत रहेको अवस्थामा एकातर्फ कोरोना भाइरसको महामारीले व्यवधान सिर्जना गरेको छ भने अर्कोतर्फ जनताको शासन स्थापित गर्न योगदान पुर्याएका राजनीतिक दलबीच सहकार्य हुन नसक्दा केही चुनौती थपिएको छ । जनता कोरोना महामारीसँग लडिरहेको अवस्थामा देशका जिम्मेवार राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमा लाग्दा जनतामा अहिलेको शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन सक्दछ ।’

उनले यस विषम परिस्थितिमा मुलुकमा क्रियाशिल राजनीतिक दल सुझबुझ र समझदारी साथ जनताको जीवन रक्षामा केन्द्रित हुन आग्रह पनि गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस