खोप किन्न हेलम्बुले माग्यो स्वीकृति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खोप किन्न हेलम्बुले माग्यो स्वीकृति


१४ जेष्ठ २०७८, शुक्रबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।

गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुईमात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले उक्त डोज खोपको माग गरिएको अध्यक्ष शेर्पाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस