संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु, निवेदकलाई आफ्नो पक्ष राख्न १० मिनेट समय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु, निवेदकलाई आफ्नो पक्ष राख्न १० मिनेट समय


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

संवैधानिक इजलासमा रिट निवेदकलाई आफ्नो पक्ष राख्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ । इजलासको प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । इजलासमा रिट निवेदक भण्डारीले बहस थालेका छन् ।

जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरेका छन् । १९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए । ११ वटा रिट संवैधानिक इजलासमा सोझै दर्ता भएका थिए । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट पनि संवैधानिक इजलासमै छ । सांसदहरुको रिट सुनुवाइको आठौं क्रममा राखिएको छ ।

वैकल्पिक प्रधानमन्त्रीमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस