कास्की र बाजुरामा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्बियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कास्की र बाजुरामा जारी निषेधाज्ञा जेठ २१ गतेसम्म लम्बियो


१३ जेष्ठ २०७८, बिहिबार


पोखरा । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा जारी निषेधाज्ञा पुनः थप एक साताका थप गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन् ।
प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

बाजुरामा जारी निषेधाज्ञाको अवधि जेठ २१ सम्म थप
बाजुरा । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ ।

बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा सङ्क्रमितको सङ्ख्या ४ सय ६२ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस