२४ घण्टामा ६,९३९ जनामा संक्रमण, ७,२२६ जना संक्रमणमुक्त र १०६ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ६,९३९ जनामा संक्रमण, ७,२२६ जना संक्रमणमुक्त र १०६ जनाको मृत्यु


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

२०,४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५,७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस