मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा गर्न लगायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मालीको सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा गर्न लगायो


१३ जेष्ठ २०७८, बिहिबार


एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर राजीनामा दिन लगाएको छ।

अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

सेनाले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएर राजधानी बामाकोबाहिर काटीस्थित सेनाको गणमा राखेको थियो। दुई दिन सैनिक नियन्त्रणमा रहेका उनीहरूले बुधबार राजीनामा दिएको मालीका उपराष्ट्रपति तथा सैनिक शासक बाबा सिसेका सहयोगीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस