काठमाडौँ उपत्यकामा थपियो १४९३ जना नयाँ संक्रमित « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौँ उपत्यकामा थपियो १४९३ जना नयाँ संक्रमित


१२ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् । मंगलबारको तुलनामा यो संख्या कम हो । हिजो काठमाडौँमा मात्र १८६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस