एसईई र कक्षा १२ को परिक्षाको विषयमा जेठ महिनाभित्र निर्णय हुन्छ: शिक्षामन्त्री श्रेष्ठ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईई र कक्षा १२ को परिक्षाको विषयमा जेठ महिनाभित्र निर्णय हुन्छ: शिक्षामन्त्री श्रेष्ठ


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई र कक्षा १२ को परिक्षा कसरी गराउने भन्ने विषयमा जेठ महिनाभित्र निर्णय हुने बताएका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने बताएका हुन् ।

कोरोना भाइरस संक्रमण जोखीमका कारण भौतिक रुपमा परीक्षा गर्ने सम्भावना न्युन रहेकाले यसको विकल्पका विषयमा छलफल भइरहेको उनले बताए ।

अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरेको छ ।

त्यस्तै सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्नेलगायतको माग राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस