सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी


१० जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ ।

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको लागि एमालेको नेपाल समूहका ३० सांसदले हस्ताक्षर गरेको नेपाल समूहका एक नेताले जानकारी दिए ।

आइतबार हस्ताक्षर संकलन गरी सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनका सांसदहरु समय अभावका कारण सोमबारमात्रै सर्वोच्च जाने भएका हुन् । आज सर्वोच्च जानुअघि नेकपा एमालेका नेपाललगायतका नेताहरु सिंहदरबारमा भेला भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि घोषणा गरेपछि विपक्षी गठबन्धन आन्दोलनमा छन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरु नै सर्वोच्चमा उपस्थित हुने तयारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस