स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई


९ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन।

यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग स्पष्टीकरण लिने निर्णय गरेको थियो।

अध्यक्ष ठाकुरले भनेका छन्“जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णयहरू अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गिराइएको छ”

Tags :
प्रतिक्रिया दिनुहोस