काँग्रेस नेतृ देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेतृ देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान


९ जेष्ठ २०७८, आइतबार


कैलाली । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छन् । नेतृ डा. देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझेका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा १० लाख आर्थिक सहयोग गरेको उमहानगरपालिकाले जनाएको छ ।

यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ । नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ ।

सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस