प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको जानकारी दिए ।

उनले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस