उपत्यकामा थपिए २,३२८ जना नयाँ संक्रमित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा थपिए २,३२८ जना नयाँ संक्रमित


८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,३२८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् । आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् ।

शनिबार देशभर ८,९८० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार एकै दिन ८,८४८ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस