एक साताका लागि निषेधाज्ञा थप « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

एक साताका लागि निषेधाज्ञा थप


७ जेष्ठ २०७८, शुक्रबार


मार्तडी । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण जिल्लामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले एक साता निषेधाज्ञा थप गरेको छ ।

बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमारअधिकारीले बताएका छन् ।

उनले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको बताए ।

जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस