जसपाको महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

जसपाको महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका लागि तयार रहन प्रस्ताव गरेका थिए ।

अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको ठाकुर पक्ष तटस्थ बसेको थियो ।

प्रतिक्रिया दिनुहोस