बूढानीलकण्ठमा  कांग्रेस पदाधिकारी बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बूढानीलकण्ठमा  कांग्रेस पदाधिकारी बैठक जारी


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी छ ।

बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिलागरी पौने १० देखि सुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा पार्टी पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दलका पदाधिकारी सहभागी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो ।

विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस