राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त, लिए शपथ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त, लिए शपथ


६ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो ।

पुनः नियुक्ति पश्चात् आज बिहीबार उनलाई सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण पश्चात् उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस