नेपालमा रोकिएका भारतीयलाई साउदी अरब लगिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा रोकिएका भारतीयलाई साउदी अरब लगिँदै


४ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । कोरोना भाइरसको तीब्र बृद्धिका कारण जारी निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत आज गन्तव्यस्थल साउदी अरब लगिँदैछ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज हिमालय एयरलाइन्सका तीन र नेपाल एयरलाइन्सका दुई जहाज साउदी जान लागेका हुन् । यसमध्ये हिमालयका दुई जहाज बिहान उडिसकेका छन् । हिमालयको एक र नेपाल एयरलाइन्सका दुई जहाज साँझ उड्नेछन् ।

भारत र सउदी अरबबीच सहमती भएपछी नेपालमा रोकिएका भारतियलाई गन्तब्यसम्म पुग्ने बाटो खुलेको हो । साउदी अरबले भारतको सिधा उडान रोकेपछि भारतीयहरु नेपाल हुँदै त्यसतर्फ गइरहेका थिए।

आज नेपालमा रहेका रसियाली नागरिकलाई घर फर्काउन रसियन एयरलाइन्सको जहाज मस्कोबाट आएको छ । यो जहाज मस्कोका लागि उडिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालमै रोकिएका अन्य देशका नागरिकलाई पनि गन्तब्यमा पुर्‍याइदिने उद्देश्यले अर्को हप्ता कतार एयरवेज र टर्किस एयरवेजलाई पनि उडान अनुमति दिने तयारी भइरहेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस