नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिक कोराना खोपबाट वञ्चित हुने अवस्था नआओस् : कांग्रेस


३ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसले कोही पनि नागरिक कोरोनाविरुद्धको खोपबाट वञ्चित हुने अवस्था नआउन सरकारले यथाशीघ्र आवश्यक आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन बाँकी रहेकाले यथाशक्य चाँडो दिने व्यवस्था गर्न पनि माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले हिजो (आइतबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई टेलिफोन गरी सो विषय र कोभिड–१९ रोकथाम, न्यूनीकरण तथा उपचारका सन्दर्भमा ध्यानाकर्षण गराए ।

उनले तत्काल अक्सिजन सिलिण्डर आयात गर्नेदेखि उत्पादक कम्पनीलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नसमेत अनुरोध गर्नुभएको कांग्रेस संसदीय कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस