एमालेमा बन्यो कार्यदल, जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेमा बन्यो कार्यदल, जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्ने


२ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको वार्ताले दुबै पक्षका ५र५ नेता रहेको कार्यदल बनाएको हो ।

कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस