चीनको अन्तरिक्ष रोबोट मंगलग्रहमा सफल अवतरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चीनको अन्तरिक्ष रोबोट मंगलग्रहमा सफल अवतरण


एजेन्सी

१ जेष्ठ २०७८, शनिबार


एजेन्सी । चीनले अन्तरिक्ष यानबाट प्रक्षेपण गरेको जुरोङ रोभर मंगल ग्रहमा अवतरण भएको छ। यससँगै चीन मंगलग्रहमा सफलतापूर्वक रोभर अवतरण गराउने दोस्रो देश बनेको छ।

६ वटा पाङ्ग्रा भएको उक्तरो मंगल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌।

उक्त रोबोटमा क्यामेरा जडान गरिएको छ । रोभरको तौल २४० किलोग्राम रहेको र यसले त्यहाँको सतह तथा सतहभित्रको भौगर्भिक अध्ययन गर्ने चीनले जानकारी दिएको छ।

रोभरमा अन्य पाँचवटा उपकरण पनि जडान गरिएको र त्यसले मंगल ग्रहमा हिउँ भए/नभएको तथा त्यहाँका ढुंगाभित्र रहेका खनिज पदार्थ परीक्षण समेत गर्नेछ। चीनले दोस्रो प्रयासमा मंगलग्रहमा रोभर पुर्‍याउन सफल भएको हो।

यसअघि सन् २०११ मा रूस र चीनले संयुक्त रूपमा गरेको यान प्रक्षेपण विफल भएको थियो। चीनअघि अमेरिकाले मात्रै मंगल ग्रहमा रोभर अवतरण गराउन सकेको छ। यतिखेर अमेरिका र युएईले पनि मंगलग्रहतर्फ रोभर पठाएका छन्‌। तर ती रोभर हाल अन्तरिक्षमै छन्‌। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस