अध्यागमन विभागको सेवा ३ बजेसम्म मात्र खुल्ला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

अध्यागमन विभागको सेवा ३ बजेसम्म मात्र खुल्ला


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । अध्यागमन विभागको सेवा अब दिउँसो तीन बजेसम्म मात्र संचालन हुने भएको छ ।

विभागले शुक्रबार एक सूचना जारी गर्दै कोरोना महामारीका बीच सेवा प्रवाहको समय तय गरेको जनाएको हो ।

अब विभाग आइतबारबाट बिहीबार १० बजेबाट ३ बजेसम्म मात्र खुल्ने भएको छ । शुक्रबार भने १० बजेबाट २ बजेसम्म मात्र कार्यालय खुल्ने समय तय गरिएको छ ।

तर, विभागको सेवा भने निरन्तर जारी रहेको समेत जनाइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस