साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ता


३१ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । आज साँझ ६ बजे सिंहदरबारमा ओली र नेपालबिच भेटवार्ता हुने तय गरिएकाे हो ।

वार्तामा ओली र नेपालले आफू निकट नेताहरुलाई पनि सामेल गराउने भएका छन् ।

आजको भेटमा ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेपाल पक्षबाट नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस