आफू पक्षका सांसदलाई ठाकुरले रिसोर्ट पुर्‍याए « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

आफू पक्षका सांसदलाई ठाकुरले रिसोर्ट पुर्‍याए


३० बैशाख २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टि ‘जसपा’का अध्यक्ष महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन् ।

आज दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई उनले भक्तपुरको एक रिसोर्टमा पुर्‍याएका हुन् ।

सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन् ।

जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस