कर्णालीमा दुई मन्त्री थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा दुई मन्त्री थपिए


२९ बैशाख २०७८, बुधबार


सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्री परिषद्को बैठकमा राजीनामा दिएसँगै मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस