सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


प्रशासन संवाददाता

२७ चैत्र २०७७, शुक्रबार


सप्तरी । सप्तरीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका ६ मा स८प७३३० र स६प५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । उक्त दुर्घटनामा स६प५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी कार्यालयले बताएको छ ।

शवलाई परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस