नक्कली कस्मेटिक उत्पादन गर्ने कारखानामा सरकारको छापा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नक्कली कस्मेटिक उत्पादन गर्ने कारखानामा सरकारको छापा


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र अपराध महाशाखाको संयुक्त टोलीले नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने एक कारखानामा छापा मारेको छ ।

राजधानीको कलङ्कीमा ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित हानिकारक रसायन प्रयोग गरी कस्मेटिक सामाग्री बनाएर बिक्री गर्ने गरेको सूचनाको आधारमा टोलीले मंगलबार छापा मारेको हो ।

हानिकारक कस्मेटिक बनाएर बजारमा बिक्री गर्ने गरेको आरोपमा अनुगमन टोलीले एक सञ्चालकलाई समेत नियन्त्रणमा लिई नक्कली कस्मेटिक उत्पादन, भण्डारण एवं बिक्री गर्ने तीन वटा घर समेत सिल गरिएको छ ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार बजारमा नाम चलेका चार दर्जन बढी प्रकारका कस्मेटिक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरेर कस्मेटिक उत्पादन गर्ने गरेको पाइएको छ ।

मेहन्दी र मलतानी माटो प्याकिङ गर्ने भनेर खोलिएको कलंकीस्थित मुख्य कारखाना, नजिकै रहेको भण्डारण स्टोर र नयाँ सडकमा रहेको बिक्री केन्द्रमा पनि बुधवार नै सिल गरिएको र थप अनुसन्धान थालिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस