ओखलढुंगामा जिप दुर्घटना, ३ जनाको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ओखलढुंगामा जिप दुर्घटना, ३ जनाको मृत्यु


२४ चैत्र २०७७, मंगलबार


ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप चालक गम्भीर घाइते भएका छन् ।

मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन् ।

त्यसैगरी घाइते हुने चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए । सामान बोकेर गइरहेको जिप बाटोबाट करिब तीन सय मिटर तल खसेको थियो ।

जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न धेरै समय लागेको थियो । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस