डढेलो बढेपछि फेरि फैलियो तुवाँलो, तीनदिनसम्म मौसममा सुधार नहुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डढेलो बढेपछि फेरि फैलियो तुवाँलो, तीनदिनसम्म मौसममा सुधार नहुने


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


 

काठमाडौं । डढेलो लाग्ने क्रम पुनः बढेपछि उपत्यकासहितका ठाउँहरुमा तुवाँलो फैलिएने क्म बढिरहेको छ । वायुमण्डल स्थिर हुँदा अझै ३ दिनसम्म राम्रोसँग घाम नलाग्ने र प्रदूषण बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

मौसमविद् मीनकुमार अर्यालले डढेलोको कारण पुनः तुँवालो लाग्ने क्रम सुरु भएको र ठूलै हावा, पानी नआए तीनदिनसम्म घाम नलाग्ने, तुवाँलो झनै बढ्ने बताएका छन् ।

अहिले ६ देखि ७ सय जंगलमा डढेलो लागेको छ । जसको असर सोमबारदेखिको मौसममा देखिन सुरु भएको हो । ‘स्थानीय प्रणाली विकास नहुँदा तत्काल ठूलै पानी पर्ने सम्भावना पनि नरहेको उनले बताए । । जसले गर्दा वायुमण्डल केही दिन स्थिर रहने छ ।

काठमाडौंमा ३ देखि ४ किलोमिटरसम्म भिजिब्लिटी हुनसक्ने विभागले बताएको छ । ‘सुदुरपश्चिम, कर्णाली र बागमतीमा हल्का वर्षा हुनसक्ने देखिन्छ बेलुकापख तर, यो वर्षाले तुवाँलो नहट्ने पनि उनले बताएका छन् ।

वायुको गुणस्तर मापन गर्ने सूचक (एक्यूआइ) सोमबारदेखि पुनः वृद्धि भएको छ । जसअन्तर्गत काठमाडौं दरबारमार्गतको एक्युआइ ३०७ पीएम छ । अमेरिकी दुतावासको एक्युआइ ३००, भक्तपुरको १८७, झम्सिखेलको २६६ हरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस