पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ। पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ । वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत राणाको आइतबार निधन भएको हो ।

९१ वर्षीय राणाको कोरोना भाइरस सङ्क्रमणपछि भएको निमोनियाका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

राणा वि.सं. २०४० जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस