तनहुँमा ट्रक आगलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तनहुँमा ट्रक आगलागी


२२ चैत्र २०७७, आइतबार


तनहुँ । सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा आज साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ ।

जिल्लाको व्यास नगरपालिका–१ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको छ ।

घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
–––

Tags :
प्रतिक्रिया दिनुहोस