४३ लाख नगद र ९ थान छड्के तिलहरीसहित एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४३ लाख नगद र ९ थान छड्के तिलहरीसहित एक पक्राउ


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । प्रहरीले ४३ लाख नगद र नौ थान छड्के तिलहरीसहित एक जनालाई पक्राउ गरेको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशललाई नागढुङ्गा चेकप्वान्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिवार साँझ तुल्सीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३ ०१००६ख ०९१२ नम्बरको यात्रुवाहक बसबाट कार्टुनमा बेरेर राखिएको अवस्थामा नौ थान छड्के तिलहरी र ४३ लाख रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

बरामद भएको रुपैयाँ र ९ थान छड्के तिलहरीसहित सन्दिप कौशललाई प्रहरी वृत्त थानकोटमा राखी अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस