अब छिट्टै नयाँ सरकार बन्ने अध्यक्ष प्रचण्डको दाबी « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अब छिट्टै नयाँ सरकार बन्ने अध्यक्ष प्रचण्डको दाबी


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिले कोल्टे फेरेको भन्दै अब छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

शनिवार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुने ।

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । काँग्रेसको उक्त निर्णयसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि राजनीतिले कोल्टे फेरेको भन्दै सम्भवतः अब छिट्टै नयाँ सरकार बन्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस