आजदेखि पठनपाठन नियमित सञ्चालन हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि पठनपाठन नियमित सञ्चालन हुने


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । देशभरका शैक्षिक संस्था आजदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने जनाएको छ । बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने छन्।

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि विश्वविद्यालयहरूले पनि आफ्नो परीक्षाबाहेकका नियमित कक्षा रोक्ने निर्णय गरेका थिए । मङ्गलबारदेखि प्रदूषण विस्तारै कम भइ बुधबार देशभर हल्का पानीसमेत परेको थियो । त्यसपछि मौसममा सुधार आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस